‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक, ट्रेलरमा देखिए प्रधानमन्त्री ओली
काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली,पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका रहेको चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ ।
दुई मिनेट २४ सेकेण्डको ट्रेलरमा । प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री नेपाल सांसदद्वय पौडेल र शाही लगायत अन्य कलाकारहरुलाई देख्न सकिन्छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रधानमन्त्री ओलीले ‘तपाईंहरुले अवश्य पाउनुहुन्छ न्याय । म दिन्छु न्याय ।’ भनेको संवाद सुन्न सकिन्छ ।
ट्रेलरमा एसिड आक्रमणको घटनाका पीडितले सरकार समक्ष न्याय माग्दै गरेको देखाइएको छ । भदौ ७ गते प्रदर्शन तयारीमा रहेको यो चलचित्रलाई रमित ढुंगानाले निर्देशन तथा निर्माण गरेका हुन् ।
प्रतिक्रिया