जापानमा  ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प

एजेन्सी । जापानको दक्षिणी तटीय क्षेत्रमा शक्तिशाली भुक्म्प गएको छ ।  जापानको मौसम विज्ञान एजेन्सीका अनुसार  बिहीबार दिउँसो दक्षिणी तटीय क्षेत्रमा  ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प गएको हो । शक्तिशाली भूकम्प गएसँगै दक्षिणपश्चिम भेगका मियाजाकी, कोची, ओइटा, कागोशिमा र इह्मी प्रिपेक्चरहरूलगायत  टापुहरूको तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी भएको छ ।  दक्षिणपश्चिमी टापु क्युसु र शिकोकु सबैभन्दा प्रभाव परेको  जापान टाइम्सले बताएको छ । 

जापान टाइम्सका अनुसार, भूकम्प स्थानीय समय अनुसार साँझ ४:४३ बजे ह्युगानाडा समुद्रमा मियाजाकीको तटबाट २० माइलभन्दा कम पर आएको थियो। पहिलो भूकम्प ३३ किलोमिटर गहिराइमा र त्यसपछि २५ किलोमिटर गहिराइमा दोस्रो भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समुन्द्र किनारबाट टाढा रहन अनुरोध गरिएको छ।

प्रतिक्रिया