ललितपुरको सम्पदा संरक्षणमा सम्झौता हुँदैनः प्रमुख महर्जन

काठमाडौ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन । आज ललितपुरमा ‘तस्बिरमा नगर प्रहरी’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको जिकिर गरेका हुन । प्रमुख महर्जनले ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरुलाई सम्मान गरेर आफूहरु संरक्षणमा जुटेको पनि बताए ।
नगरप्रमुख महर्जनले सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने बताए । महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरुलाई सम्मान गरेर आफूहरु संरक्षणमा जुटेको पनि उनको दाबी छ । मेयर महर्जनले महानगरभित्र अवैधानिक रुपमा गर्ने क्रियाकलापहरुलाई बन्द गर्न महानगर प्रहरीले सशक्त भएर काम गर्ने विश्वास लिएको बताए । 

प्रतिक्रिया