मन्त्रिपरिषद वरीयता क्रममा हेरफेर, प्रदीप पौडेलको ठाउँमा बद्री पाण्डे

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिमण्डलको वरीयता क्रममा हेरफेर गरिएको छ । यसअघि १४औं नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलको वरीयता क्रम तल झारेर पर्यटनमन्त्री बद्री पाण्डेको  वरीयता क्रम बढाएको छ ।   अहिले  पौडेलको वरीयता क्रम १६औंमा पुर्‍याइएको छ भने पाण्डेको  १४औंमा पुर्याइएको छ । पाण्डे हाल कांग्रेसका सहमहामन्त्री छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरीयता हेरफेर गरेका हुन् ।

प्रतिक्रिया