भ्रष्टाचारमा जन्मकैदको सजाय व्यवस्था राख्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारमा जन्मकैद सजायको व्यवस्था राख्न माग गरेको छ । बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा भाग लिँदै राप्रपा सांसद रोशन कार्कीले सरकारले संसद्‌मा लगेको भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयका  जन्मकैद सजायको व्यवस्था राख्न माग गरेका हुन् । 

भ्रष्टाचार निवारण ऐनले नै अपराधीलाई उम्कने ठाउँ दिएको भन्दै जन्मकैदको सजाय राख्नुपर्ने उनको भनाइ थियो । “ऐनले भ्रष्टाचारीलाई उम्किन दिएको छ कि जस्तो लाग्छ । कैदको सजाय कम छ । विदेशमा भागेर हदम्याद पूरा भएपछि आउन सक्छ । त्यसैले जन्मकैद राख्नुपर्छ,” कार्कीले भनिन्, “भ्रष्टाचारमा कैद मात्र राखेर हुँदैन । हदम्याद किन राख्ने रु भ्रष्टाचारी जहिले नि समाउनुपर्छ । हदम्याद हटाउनुपर्छ ।” 

  

प्रतिक्रिया