यूएईमा नेपालीहरुलाइ मादक पदार्थ सेवन गरी झैझगडा नगर्न दूतावासको अनुरोध

काठमाडौं । युएईमा रहेका नेपालीहरूलाइ दूतावासले झैझगडा नगर्न सूचना जारी गरेको छ। मादक पदार्थ सेवन गरी झैझगडा गर्न थालेको जानकारी आएको भन्दै दूतावासले त्यसो नगर्न सूचना जारी गरेको हो ।

दू्तावासले साउन २२ गते सूचना जारी गरेर त्यहाँ रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न आग्रह गरेको छ ।

 यूएईका ‘सम्बन्धित निकाय’ले  ‘नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको भन्दै जानकारी गराएपछि  दुतावासले सूचना जारी सचेत रहन  भनेको छ ।

नेपाली राजदूतावास परिसर बाहिर पनि मापसे गरी वा नगरी हुलहुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरूलाई अपशब्द प्रयोग गरी गाली गर्ने गरेको पाइएको पनि सूचनामा उल्लेख छ। यस्तो कार्य गर्नेलाई यूएई प्रहरीले कारबाही गरेको समेत दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया