डलरको भाउ १ पैसा बढेर नयाँ रेकर्ड
काठमाडौ । नेपाली बजारमा डलरको भाउले निरन्तर तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलवार रेकर्ड बनाएको डलरको भाउले बुधबार त्यसलाई तोडेको थियो । आज पुन डलरको भाउ उच्च भएको हो । नेपाल राष्ट्र बैंकले आजको लागि डलरको बिक्रीदर १ सय ३४ रुपैयाँ ६४ पैसा र खरिददर १ सय ३४ रुपैयाँ ४ पैसा तोकेको छ । हिजो बुधवार डलरको बिक्रीदर १ सय ३४ रुपैयाँ ६३ पैसा र खरिददर १ सय ३४ रुपैयाँ ४ पैसा थियो । हिजोको तुलनामा आज डलरको भाउ १ पैसा बढेर नयाँ रेकर्ड बनाएको हो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ कमजोर भएको हो । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेकाले भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर हुने गर्दछ । डलरको भाउ महँगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई केही फाइदा हुन्छ । आयातमा निर्भर अर्थतन्त्र रहेकाले बेफाइदा बढी हुने अर्थशास्त्री बताउछन ।
प्रतिक्रिया