बंगलादेशमा तत्काल चुनाव गराउन पूर्व प्रधानमन्त्री जियाको माग

एजेन्सी । बंगलादेशका पूर्व प्रधानमन्त्री खालिदा जियाले तत्काल चुनाव गराउन माग गरेकी छन् । 

आफु जेलमुक्त भएपछि  जियाले  शान्ति र एकताका लागि सबैमा आह्वान गर्दै सबै धर्म, जाति र परिचयका मानिसलाई सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेकी हुन् ।  नेतृ जियाले तीन मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै अब माया, शान्ति र ज्ञानको समाज बनाइनुपर्ने बताएकी छन् । 

तत्कालीन प्रधानमन्त्री शेख हसिना बाजेदले राजीनामा दिएर देश छोडेपछि उनी थुनाबाट छुटेकी हुन् । उनले अवैधसरकारबाट मुक्त गरेकोमा देशका युवालाई धन्यवाद समेत दिएकी छन्  । 
 

प्रतिक्रिया