हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरूको आज पोस्टमार्टम गरिंदै
काठमाडौं । एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरूको पोस्टमार्टम बिहीबार हुँदैछ ।
त्रिवि शिक्षण अस्पतालका अनुसार मृतकको पोस्टमार्टम गरेर बिहीबारनै आफन्तलाई र सम्बन्धित निकायलाई बुझाइने छ । बुधबार शव सङ्कलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको हो ।
दुर्घटनामा परी पाइलट अरुण मल्ल, चिनियाँ नागरिक ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीय वु यीयाओ रहेका छन् । बुधवार दिउँसो १ बजेर ५४ मिनेट जाँदा रसुवाको स्याँफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा दुर्घटना भएको थियो ।
प्रतिक्रिया