देशभर ३७ जनामा हैजा संक्रमण

काठमाडौं । दुई सातादेखि हैजा संक्रमण फैलिएको ललितपुरमा बुधबार २ जनामा हैजा पुष्टि भएको छ । उनीहरू दुवैको क्रिस्ट मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । 

हैजा संक्रमित हुनेमा ललितपुर महानगरको सातदोबाटोकी ८६ वर्षीया महिला र धोबीघाटका ४५ वर्षीय पुरुष छन् । यी दुई संक्रमितसहित ललितपुरमा हैजा संक्रमितको संंख्या २६ पुगेको छ । देशभर संक्रमित हुनेको सङ्ख्या ३७ जना पुगेका छ । 

ललितपुरमा हैजा संक्रमण गोेदावरीबाहेक अन्य ठाउँमा छिटपुट रूपमा देखिएको छ । छिटपुट रूपमा देखिएका संक्रमित भने कतिपय दुषित पानी र दुषित खानाका कारण भएको हुनसक्ने चिकित्सकको भनाइ छ । 

फलफूल तथा सलाद खाँदा उमालेको या शुद्धीकरण गरिएको पानीले पखालेर मात्र खान चिकित्सकको सुझाव छ । 

प्रतिक्रिया