टीआरसीबारे संसदीय छलफल, आजै पास गरेर संसदमा पठाउने तयारी

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार सदनमा पेश हुने भएको छ । 

मुख्य विवादित विषयमा प्रमुख तीन दल सम्मिलित कार्यदलले सहमति जुटाएपछि बिहीबार सदनमा पेश हुने भएको हो । शीर्ष नेताको सहमतिलाई निष्कर्षमा पु¥याउन संसद्को कानून तथा मानवअधिकार समितिको बैठक बिहीबार बस्दै छ । समितिमा १५ महिनादेखि विचाराधीन रहेको विधेयकलाई बिहीबारनै सदनमा पेस गर्ने तयारी छ । विधेयकलाई संसद्को चालु अधिवेशनभित्रै पारित गर्ने राजनीतिक सहमति बनेको छ । 

राष्ट्रिय सभाले एक साताभित्रै त्यसलाई पारित गर्ने र राष्ट्रपतिबाट भदौको पहिलो सातातिर प्रमाणीकरण हुने  अपेक्षा छ । मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नलाई माफी दिन नपाइने सर्र्वोच्चको परमादेश बमोजिम नै विधेयकमा संशोधन गर्न दलहरू सहमत भएका हुन् । यीबाहेक प्रचलित कानूनविपरीतका सबै अपराधलाई मानवअधिकारको उल्लंघन भनी परिभाषित गर्न तीनै दलका शीर्ष नेता सहमत भएका छन् । 

प्रतिक्रिया