आज पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बुधबारदेखि सुरू भएको बैठकमा ११ वटा एजेन्डा छलफलका लागि पेस भएको छ। उक्त बैठकमा भदौ १५ देखि मंसिर २५ सम्म अभियान सञ्चालनको प्रस्ताव पेश भएको हो । बैठकमा विभिन्न ११ वटा विषयवस्तुहरु प्रवेश भएका छन् । जसमा महासमितिको बैठकले विभिन्न प्रश्तावमा छलफल गरी प्रश्तावहरु केन्द्रिय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भए अनुसार केन्द्रिय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जन प्रश्ताव उपर छलफल गर्ने प्रस्ताव भएको छ । 

केन्द्रीय समितिले राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा कार्य सम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन गरेको छ । बैठकमा अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले अनुशासन सम्बन्धी विषयमा भएका प्रगति विवरण प्रश्तुत गरेका छन् । पार्टीका विभिन्न रिक्त पदहरुको पूर्ति गर्ने भन्ने बारेमा पनि बैठकमा प्रस्ताव पेश भएको छ । 

साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 
 

प्रतिक्रिया