मुहम्मद युनुस आज स्वदेश फर्किदै, आजै शपथ

एजेन्सी । बंगलादेशमा अन्तरिम सरकार प्रमुख बनेका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस बिहीबार स्वदेश फर्किदै छन् । 

बङ्गलादेशमा माइक्रोफाइनान्सका संस्थापक मोहम्मद युनुसलाई अन्तरिम सरकार प्रमुख घोषणा गरेपछि उनी बिहीबार ढाका फर्किन लागेको  हुन् । युरोपमा रहेका ८४ वर्षीय युनुस बिहीबार दिउँसो २ बजे राजधानी ढाका आइपुग्ने उनको कार्यालयले जनाएको छ । 

बङ्गलादेशका राष्ट्रपतिले बुधबार युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गरेका थिए । बङ्गलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो । विद्यार्थीले थालेको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदा सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेकी थिइन् ।

त्यसपछि सेना प्रमुख वाकरले अन्तरिम सरकार गठन गर्न अग्रसरता लिएका थिए । त्यसपछि आन्दोलनरत विद्यार्थीहरुको माग अनुसार नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा सरकार गठन गर्न लागिएको हो । यसका साथै युनुसले बिहीबार नै अन्तरिम सरकार प्रमुखको शपथ लिने भएका छन् ।

प्रतिक्रिया