हेलिकप्टर दुर्घटनाका मृतकप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परी मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त  गरेका छन् । 

दुर्घटनामा परी मृत्यु हुने पाँच जनाको निधन भएकोमा आफू स्तब्ध भएको बताउँदै राष्ट्रपति पौडेलले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

आज दिउँसो  रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएको थियो । दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हाे । 
 
हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए । 


 

प्रतिक्रिया