अन्नपूर्ण एयरलाइन्सको हेलिकोप्टर राप्ती बगरमा आकस्मिक अवतरण
नेपालगन्ज । अन्नपूर्ण एयरलाइन्सको हेलिकोप्टर बाँकेको राप्ती नदीको बगरमा आकस्मिक अवतरण गरेको छ । काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बुधवार अपरान्ह खराब मौसमका कारण नदी बगरमा अवतरण गरेको हो । पाइलटसहित दुई जना पर्यटक बोकेको हेलिकोप्टर नेपालगन्जमा तेल हालेर बैतडी जाने क्रममा मौसमको खराबीले नदी बगरमा फोर्स ल्याण्ड गरेको हो।
हेलिकोप्टर बगरवाट सशस्त्र प्रहरीको कुसुमस्थित बेसक्याम्पमा लगिएको छ। अहिले सशस्त्रको बेसक्याम्पसमा हेलिकोप्टर राखिएको छ।
प्रतिक्रिया