हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौ ।  नुवाकोटको शिवपुरीमा दुर्घटनामा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।   दुर्घटना बारे आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । छानबिन समितिको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेका छन् । 
 हेलिकप्टर दुर्घटना हुँदा पाइलट सहित चार जना  चिनिया यात्रुको मृत्यु भएको थियो ।

प्रतिक्रिया