यो कार्यकालमा प्रधानमन्त्री बन्न पुग्यो, ८४ मा पार्टी एक नम्बरमा आए सोचौला: प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्दैछ भन्ने सोच्न आवश्यक नभएको बताएका छन् । बुधवार नेकपा (माओवादी केन्द्र) हुम्लाको कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले माओवादीबाट फुटेकाहरु जुट्ने ठाउँमा आइपुगेको बताए । उनले माओवादी छाडेर गएकाहरु छिट्टै पार्टी एकतामा आउने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले नयाँ कार्ययोजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प आजको आवश्यकता भएको बताए। उनले आफूले एक ढंगको बिद्रोहको झण्डा उठाइसकेको दाबी गरे। उनले समाजवादको निम्ति प्रतिक्रान्तिका बिरुद्ध क्रान्तिको झण्डा उठाएको बताए।

उनले आफू जीवनको उत्तरार्द्धतिर भए पनि जोस २२- २५ वर्षको भन्दा कम नभएको जिकिर गरे । उनले मौका मिले पनि यो कार्यकालमा आफु प्रधानमन्त्री नबन्ने स्पष्ट पारे । पार्टी बनाउने संकल्पमा आफु लागेका भन्दै   अहिलेलाई प्रधानमन्त्री बन्न पुगेको उनले भनाई थियो ।  २०८४ मा सिंगल चुनाव लड्ने र पार्टी  एक नम्बर भयो भने त्यस बेलामा प्रधानमन्त्रीबारे सोच्ने उनले प्रष्टाए । 
सरकारले भ्रष्टाचारका फाइल खोलेपछि भ्रष्टाचारीहरु डराएर षड्यन्त्र गरेर हराएको उनले जिकिर गरे । आफूहरु सरकारबाट जितेको महसुस गर्दै बाहिरिएको जिकिर गर्दै सरकारमा बस्नेहरु थरथर कामेर गएको प्रचण्डले सुनाए ।

प्रतिक्रिया