नेप्से १०८ अंकले बढ्यो, १७ अर्ब ९५ करोडको कारोबार

काठमाडौ । शेयर बजार परिसूचक नेप्से आज एक सय ८ दशमलब ३५ अंकले बढेको छ ।मंगलबार १ सय ४५ दशमलब ०५ अंकले बजार घटेको बजारमा आज सुधार देखिएको हो । आज नेप्से ४ दशमलब ०८ प्रतिशतले बढेर २ हजार ७ सय ५९ दशमलब ६७ विन्दुमा बन्द भएको हो । कारोबार रकम भने अघिल्लो दिनको तुलनमा घटेको छ । मंगलबार हालसम्मकै उच्च २३ अर्ब ७१ करोड रूपैयाँको कारोबार भएको थियो । आज भने  १७ अर्ब ९५ करोड रूपैयाँको कारोबार भएको छ । आज ३ सय ३० वटा धितोपत्रको तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर किनबेच भएको छ । बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ९३३ रूपैयाँ ९० पैसामा १ अर्ब ५३ करोडको सेयर कारोबार भएको छ । आज ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोगेशिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मौलुङ खोला जलविद्युत, दोल्ती पावर, सिटी होटल र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो । यस्तै, सेन्ट्रल फाइनान्स ९.९९ प्रतिशत र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।  एनआइसी एसिया डिबेन्चर को मूल्य ३ दशमलब ८२ प्रतिशतले घटेको छ । यस्तै, लक्ष्मी भ्यालु फण्ड २ को मूल्य २ दशमलब १५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ५५ पैसा कायम भएको छ । आज २ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने तीन वटाको घटेको छ । 
 

प्रतिक्रिया