टिआरसी सहमति नयाँ सरकार गठनपछिको एउटा राम्रो काम: प्रचण्ड

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिआरसी विधेयकलाई निष्कर्षमा  पुर्‍याएर नयाँ सरकारले एउटा राम्रो काम गरेको बताएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी  विधेयक टुंग्याउन गठिन कार्यदलले बुझाएको प्रतिवेदन बुझ्दै दाहालले यस्तो बताएका हुन्

विधेयकलाई यही सरकारले नै तत्काल वैधानिक प्रक्रियाबाट संसदीय समिति र संसदबाट पनि पारित गर्नुपर्ने दाहालले बताए ।   उनले भने, ‘सफल होला या नहोला भन्ने जस्तो त लाग्थ्यो, तैपनि कार्यदलले धेरै मिहिनेत गरेर निष्कर्षमा पुर्‍याएको छ। अब यसलाई वैधानिक प्रक्रियाबाट संसद्को समितिमा र फुलहाउसमा पनि यसैपटक जाओस् र टुंग्याइयोस् ।'  जनतालाई पनि शान्ति स्थायित्व र प्रगतितिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिने आफ्नो चाहाना रहेको उनले बताए । 

प्रतिक्रिया