टीआरसी विधेयकको प्रतिवेदन प्रधानमन्त्री ओली, देउवा र प्रचण्डलाई बुझाइयो

काठमाडौ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित सहजीकरण संयन्त्रले सहमति जुटाएर तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई हस्तान्तरण गरिएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादित विषयलाई हल खोज्न गठन गरिएको कार्यदलले बुधबार सिंहदरबारमा तीन दलका शीर्ष नेतालाई प्रतिवेदन बुझाएको हो।
कार्यदलमा गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौला र माओवादीका उपमहासचिव जनार्दन शर्मा रहेका थिए । 
शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत अघि बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी रहेको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए । 
विधेयकमा छलफल गर्न बाँकी रहेको विषयमा छलफल गरी टुंग्याइएको संयोजक समेत रहेका लेखकले जानकारी दिए । उनले ६ वटा बैठकमा औपचारिक छलफल गरिएको बताए । 
 
 
 

प्रतिक्रिया