बागलुङ पहिरोः  प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पातल पुर्‍याउन कठिन

बागलुङ ।  बडिगाड गाउँपालिका वडा नं ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका १० जनालमई  अस्पताल पुर्‍याउन कठिन भएको छ ।  

निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्‍याउन नसकिएको हो । बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा  प्राथमिक उपचार गरेको छ । घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । 

 उद्धारका लागि आएको नेपाली सेनाको हेलिकप्टर पनि प्रतिकूल मौसमका कारण उपयोग गर्न नसकिएको दुखेसो उनले गरे । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । 

पहिरोमा परी ८ जनाको ज्यान गएको छ भने चार जना अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी छ ।
रासस

प्रतिक्रिया