कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

बुधबारको बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रममा छलफल हुनेछ । महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र संगठन निर्माणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ । पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुने बताइएको छ । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको राजनीतिक, साङ्गठनिक र समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए ।
 

प्रतिक्रिया