मधेशमा पाँच जना राज्यमन्त्री थपिए,२० सदस्यीय पुग्यो मन्त्रिपरिषद

जनकपुर । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले   पाँच जना राज्यमन्त्री थपेर मंगलबार मन्त्रिपरिषद बिस्तार गरेका छन् । 

मुख्यमन्त्री सिंहले  नेपाली कांग्रेसबाट २,जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट १/१ जना गरी पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुमारी रजक नियुक्त भएका छन् । यस्तै जनमत पार्टीबाट उद्योग पर्यटन राज्यमन्त्री सम्भु साह नियुक्त भएका छन् । एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा मोहम्मद जयद आलम, र लोकतान्त्रिक ुमाजवादी पार्टीबाट  शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव नियुक्त भएका छन् । योसँगै मधेश प्रदेशको मन्त्रिपरिषद २० सदस्यीय पुगेको छ ।

नवनियुक्त राज्यमन्त्रीहरुले मंगलबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । 

प्रतिक्रिया