प्रधानमन्त्रीसँग मधेस प्रदेशका मुख्यमन्त्रीले गरे २२ वटा माग

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रदेशको समुन्नतिका लागि प्रदेश सरकारले अघि सारेका कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री सिंहले २२ बुँदामा समेटिएको पत्रमार्फत प्रदेश विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने ती योजना प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गरेका हुन् ।  पत्रमा जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर प्राङ्गण सौन्दर्यीकरण, हुलाकी राजमार्ग अन्तर्गत कमला पुल लगायत अन्य पुल निर्माण कार्य पूरा गरी हुलाकी राजमार्गको कार्यको शीघ्र सम्पन्नता, निर्माणाधीन पूर्वपश्चिम रेलमार्गको प्रदेशका प्रमुख सहरसँग सम्पर्कको व्यवस्था गर्नु पर्ने उल्लेख छ ।

त्यसैगरी  जनकपुर जयनगर रेल्वे यातायात मालवाहक सेवाका लागि मालवाहक रेलको व्यवस्था हुनुपर्ने, जनकपुरधामस्थित १२ बिघा (रङ्गभूमि)लाई व्यवस्थित गर्न आवश्यक पहल, मधेस प्रदेशका आठवटै जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भित्र्याउन पर्यटकीय कोरिडोर निर्माण हुनुपर्ने र कमला नदीको बगरमा बगरखेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोतसाधनमा सहयोग गर्नुपर्ने लगायत माग  रहेका छन् ।

रासस

प्रतिक्रिया