आफु मरेर ३० जना यात्रु बचाउने बस चालकलाई राष्ट्रिय सम्मान प्रदान गर्न सिफारिस

काठमाडौ । चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डको १७ किलोमा माथिबाट पहिरो खस्दा ढुङ्गो लागेर ज्यान गुमाएका बस चालकलाई राष्ट्रिय सम्मान दिन सिफारिस गरिएको छ ।
सिमताल दुर्घटनाबारे अध्ययन गर्न गठित सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले लु.२ ख ६५६६ नम्बरको बसका चालक मेगनाथ विकलाई ‘मरणोपरान्त सम्मान’ गर्न सिफारिस गरेको हो । 
गत असार २८ गते बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमाथि ढुंगा खस्दा चालक विक गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा त्यही दिन मृत्यु भएको थियो। आफू गम्भीर घाइते हुँदाहुँदै पनि चालकले बस नियन्त्रण गरेकोले थप क्षति हुन नपाएको र ३० जना यात्रुको ज्यान जोगिएको थियो। विकले कुशलतापूर्वक सो बस नदीमा खस्नबाट जोगाई ३० जना यात्रुको जीवन बचाउन सफल भएको कार्यदलको निष्कर्ष छ । 

प्रतिक्रिया