सिमलताल बस दुर्घटनाका मृतक र बेपत्ताका परिवारलाई राहत दिन कार्यदलको सिफारिस

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल बस दुर्घटनामा मृत्यु भएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ ।  मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले प्राकृतिक प्रकोपकै कारण सिमलतालमा दुईवटा डीलक्स बस दुर्घटना भएको निष्कर्ष निकाल्दै मृतक र बेपत्ता भएकाहरूको परिवारलाई राहत दिन सिफारिस गरेको हो ।विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड–०७७ अनुसार परिवारको एकजना सदस्यको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा थप १ लाख रुपैयाँका दरले राहत दिने व्यवस्था छ ।  मृतक र बेपत्ताहरुको घर ठेगानाको आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट  सनाखत भएका १९ जना र बेपत्ता ४० जनालाई राहत दिनुपर्ने कार्यदलले सिफारिस गरेको छ । त्यस्तै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि कार्यदलले सिफारिस गरिएको छ । 

प्रतिक्रिया