भ्रष्टाचार नियन्त्रणका लागि सरकार दोषीमाथि कडा रुपमा प्रस्तुत हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन । आज संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ मुलुकमा सुशासन कायम गर्न सरकारले सो सम्बन्धि ऐन संशोधन गर्न चाहेको पनि स्पष्ट पारेका हुन । प्रधानमन्त्री ओलीले देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न पनि सोही अनुसारको ऐन आवश्यक परेको बताए ।  सरकारले नागरिकका आवश्यकता पूर्तिसँगै शान्ति सुरक्षाको प्रत्याभूति गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । बैठकमा उनले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए ।
बाइट 
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दोषीमाथि सरकार कडा रुपमा प्रश्तुत हुने पनि बताए ।। सरकारले कसैप्रति आग्रह, पूर्वाग्रह नराखि भ्रष्टाचारका विषयमा कुनै ‘कम्परमाइज’ नगर्ने उनले भनाई थियो । 

 

प्रतिक्रिया