हैजा सङ्क्रमितको सङ्ख्या ३६ पुग्यो, सबैभन्दा धेरै ललितपुरमा
काठमाडौँ । नेपालमा हैजा सङ्क्रमितको सङ्ख्या ३६ पुगेको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै ललितपुरमा २३ जनामा हैजा सङ्क्रमण देखिएको छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार ललितपुरमा २३, प्यूठानमा ४, कैलालीमा ८ र काठमाडौँमा १ जनामा हैजा सङ्क्रमण देखिएको हो । आज ललितपुर महानगरपालिकाको वडा नम्बर १७ मा एकजना र एकजना ठेगाना खुल्न नसकेकोमा हैजा सङ्क्रमण पुष्टि भएको हो । साउनको पहिलो सातादेखि सुरु भएको सङ्क्रमण हालसम्म महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकामा गरी २३ जनामा देखिएको छ । ती मध्ये सबैभन्दा बढी गोदावरीको ठैैव स्थित एक सुधार गृहमा मात्र १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुर महानगरपालिका भित्र ६ जनाामा महालक्ष्मी नगरपालिका ५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । हैजा सङ्क्रमण कुनै एउटा टोलमा नभई फरक–फरक ठाउँमा फैलिएकोले सङ्क्रमणको कारण यकिन गर्नं कठिन भएको छ । उनले यसबारे थप अध्ययन भइरहेको भन्दै हालसम्म यसको मुख्य कारण दूषित पानी नै रहेको अनुमान छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुने भएकाले खानेपानीको शुद्धतामा ध्यान दिन स्वास्थ्यकर्मीको आग्रह छ ।।
प्रतिक्रिया