द भाइब्ज ब्यान्डले ल्यायो पहिलो एआई म्युजिक भिडियो
काठमाडौं । द भाइब्ज ब्यान्डले नेपालको टेलिभिजन पहिलो पटक एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरी बनाइएको म्युजिक भिडियो सार्वजनिक भएकाे छ।
नेपालसँगै अमेरिकामा समेत ख्याति आर्जन गरेको नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नो लोकप्रिय गीत थाकिसकेंमाथि एआइद्वारा निर्मित म्युजिक भिडियो आइतबार टेलिभिजनहरुमार्फत सार्वजनिक गरेको हो।
एआईलाई दिइएको निर्देशनबाट निर्मित सो भिडियोमा एआईले सिर्जना गरेका युवायुवतीको प्रेम र विछोडको दृश्यलाई रमाइलो ढंगले प्रस्तुत गरेके छ ।
भिडियोमा प्रइनको एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ तथा अजय भट्टराईको स्क्रिनप्ले रहेको छ। विवेक पोखरेलको शब्द रचना, मनोज सिंहको बासुरी रहेको सो गीतमा साश्वत श्रेष्ठको मिक्सिङ र निर्माण रहेको छ भने ब्यान्डमा भोकलिस्ट प्रइन सिंह, ड्रम्समा दिरेकलाल श्रेष्ठ, गितारमा रूपक लामा र बासुरीमा मनोज सिंह रहेका छन्।
सन् २००८ मा सार्वजनिक ब्यान्डको द भाइब्ज जेनरेसन एल्बममा समावेश सो चर्चित गीत ब्यान्डले इम्प्रोभाइज गरी फेरि एक पटक एआई जेनरेसनका लागि पस्किएको छ।
त्यति बेला नेपालकै सर्वाधिक महँगो म्युजिक भिडियोका रूपमा रहेको गीतको पुरानो भिडियोमा शैलेन्द्र डि कार्कीले निर्देशन र छायांकन गरेका थिए।
प्रतिक्रिया