अविरल वर्षाका कारण ललितपुरको इमाडोल क्षेत्र डुवानमा
ललितपुर । अविरल वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका क्षेत्र डुवानमा परेको छ ।
महालक्ष्मी नगरपालिकाको वडा नम्बर १ मा पर्ने इमाडोल,वडा नम्बर ४ लगायतका क्षेत्र डुवानमा परेको हो ।
मंगलबार बिहानदेखि परेको वर्षाका कारण कर्मनासा खोलामा बाढीको सतह बढ्नुका साथै घर घरमा बाढी पसेको थियो । ढलको उचित व्यवस्थापन नहुनु,अब्यवस्थित बसोबास लगायतका कारण सो क्षेत्र डुवानमा परेको हो । प्रत्येक वर्ष वर्षातका बेला सो क्षेत्र डुवानमा पर्ने गरेको छ ।
स्थानीय तहले डुवान मुक्त बनाउने आश्वासन दिएपनि अझै काम हुन नसकेको स्थानीयको गुनासो छ । वर्षाका कारण काठमाडौं उपत्यकाका विभन्न स्थान डुवानमा परेका छन् ।
प्रतिक्रिया