गुल्मीमा पहिरोले घर पुरिदा चार जनाको मृत्यु

गुल्मी । गुल्मीमा पहिरोले  घर पुरिदा  चारजनाको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका– १ बिसौनाका विष्णु विकको घर पहिरोले पुर्दा चारजनाको  मृत्यु भएको हो भने घटनामा दुईजना घाइते भएका छन्।

घरमाथिबाट आएको लेदोसहितको पहिरोले घर पुरेपछि ४६ वर्षका गोरे विक, ६७ वर्षका हुकुमबहादुर विक, ६६ वर्षकी मसुरी विक र साढे दुई वर्षकी रियान्सी विकको मृत्यु भएको छ । 
स्थानीय र प्रहरीद्धारा घटनास्थलमा उद्धार कार्य भैरहेको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ।  

प्रतिक्रिया