एमालेको पार्टी कार्यालय फेरि डुबानमा, नदी किनारका बस्तीमा पस्यो पानी

काठमाडौ । सोमबार साँझदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकाका अधिकांश नदी किनार बस्ती डुबानमा परेका छन्। काठमाडौंको बागमती, विष्णुमती, रुद्रमती मनोहरा, ललितपुरको कोड्कु, भक्तपुरको हनुमन्ते लगायतका खोलामा जलसतह बढेपछि किनारमा रहेका बस्ती डुबानमा परेका हुन्।

 त्यस्तै वर्षाका कारण ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय फेरि डुबानमा परेको छ । एमाले कार्यालयसँगै नजिकै रहेको अखिल नेपाल फुटबल संघ ९एन्फा० को फुटबल मैदान र केही घरहरु पनि डुवानमा परेका छन् । 

प्रतिक्रिया