बर्षातको पानी सडकमा जम्दा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौ । लगातारको बर्षाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । बर्षातले सडकमा पानी जमेका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको हो । पानी जमेको ठाउँमा दुइपांग्रे सवारी नहिँड्दा र ठुला सवारीको गति कम भएर जाम हुँदा माइतीघर, बबरमहल, भद्रकाली, थापाथली, बालाजु र त्रिपुरेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । 
‘धेरै ठाउँका बाटोमै पानी बगेकोरजमेको छ। सवारीसाधनहरू आफ्नो गतिमा चल्न सकेको छैन। कतिपय ठाउँमा पानी जमेका कारणले मोटरसाइकल जान सकेको छैन ।  
 
लैनचोरबाट केशरमहलतर्फको सडक र  माइतीघरबाट भद्रकाली तर्फ जाने सडकमा पानी बगेको छ । माइतीघरको सडकमा पानी बगेको कारण त्यसको असर बबरमहल, थापाथली र कुपण्डोल सम्म देखिएको छ । 

त्रिपुरेश्वर सडकमा पानी जमेपछि  कालीमाटीबाट त्यसतर्फ आउने सवारी बिस्तारै चलेको छ । पुरानो बसपार्क क्षेत्रमा पनि पानीको असरले सवारी आवागमनमा समस्या भएकोछ ।
करिडोरका सडकहरूमा पनि पानी जमेकाले धेरैले त्यसलाई छलेर जाँदा ठाउँ(ठाउँमा जाम भएको छ । 


 

प्रतिक्रिया