सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घट्यो
काठमाडौं । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य मंगलबार तोलामा २ हजार ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला १ लाख ५० हजार कायम भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छापावाला सुनको मुल्य मंगलबारका लागि प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
तेजाबी सुन प्रतितोला १ लाख ४७ हजाररुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७ सय ८५ मा कारोबार भएकामा मंगलबारका लागि १ हजार ७ सय २५ रुपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया