बनेपा डुबानमा, सवारीसाधन र यात्रुलाई सास्ती
काठमाडौं । लगातारको वर्षा भएपछि अरनिको राजमार्ग अन्तर्गत काभ्रे बनेपा पुलबजार सडकमा पानी जमेर सवारी साधन र यात्रुलाई आवत आवतजावतमा सास्ती भएको छ ।
अरनिको राजमार्ग अन्तर्गत बनेपाको पुन्यमाता खोला क्षेत्र आसपास बाढीले अरनिको राजमार्ग डुबाएको हो । निरन्तरको भारी वर्षाको कारण सडकसँगै किनाराका घरहरु समेत डुबेका छन् ।
सोमबार रातिदेखि परेको अविरल वर्षापछि विहानैदेखि राजमार्गमा बाढी देखिएको छ । स्थानीय प्रशासन र प्रहरीले बाढीबाट हुने सम्भावित क्षतिबाट बच्न डुवान क्षेत्रका बासिन्दालाई सुरक्षीत स्थानमा जान आग्रह गरेका छन् ।
ट्राफिक प्रहरीले अरनिको राजमार्ग अन्र्तगत नाला भक्तपुरको बैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । हरेक वर्ष बनेपाको पुल बजार क्षेत्रमा पुण्यमती खोलाले डुबान हुने गरेको छ । पुलबजारको ट्राफिक कार्यालयदेखि इलाका प्रहरी सम्मको सडक खण्डमा पुण्यमती खोला बग्दा राजमार्ग पुर्ण रुपमा ठप्प हुने भए पनि यसको दीर्घकालीन समस्या समाधानमा सम्बन्धित निकायले चासो दिएका छैनन् ।
प्रतिक्रिया