संविधानसभा सदस्य एवं उद्योगपति अग्रवालको निधन

काठमाडौं ।  संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो ।

अग्रवाल नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् ।  नेपाल उद्योग परिसङ्घले मंगलबार शोक विज्ञप्ति निकालेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । स्वर्गीय  अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशीलथिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन्  । 

अग्रवालको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिसङ्घले जनाएको छ ।
 
रासस 

प्रतिक्रिया