अमेरिकी अदालतद्वारा गुगलको अनलाइन सर्च गैरकानुनी  भएको फैसला

एजेन्सी । अमेरिकाको एक अदालतले गुगलले अनलाइन ‘सर्च’ र सम्बन्धित विज्ञापनमा आफ्ना प्रतिस्पर्धीलाई दबाएर एकाधिकार कायम गर्न गैरकानुनी काम गरेको फैसला सुनाएको छ ।

अमेरिकाका जिल्ला न्यायाधिश अमित मेहताले गुगल एकाधिकारवादी भएको ठहर गरेका हुन् । गुगलको माउ कम्पनी अल्फाबेटले भने फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । 

फैसलापछि गुगल र अल्फाबेटले के सजाय पाउँछन् भन्ने बारेमा प्रष्ट भइसकेको छैन् ।  जरिबाना वा अन्य उपायहरूको बारेमा भविष्यमा हुने सुनुवाइमा निर्णय आउने बताइएको छ । सोमबारको महत्वपूर्ण फैसला गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटलाई ठूलो झट्का भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

गुगलमाथि अमेरिकाको कानुन मन्त्रालयले यसबारेमा सन् २०२० मा मुद्दा दायर गरेको थियो । जसमा गुगलले करिब ९० प्रतिशत अनलाइन सर्च मार्केटमा एकाधिकार लिइरहेको दाबी गरिएको थियो । गुगलले एकाधिकार लिइरहेको सो क्षेत्रमा अरु प्रतिस्पर्धीलाई बलियो बनाउन लागि परेका थुप्रै मुद्दामध्ये सोमबार फैसला भएको मुद्दा एउटा हो ।।

प्रतिक्रिया