डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक पुरूषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो । तनँहुका ५० वर्षीय मृतक पुरुषलाई अन्य रोग पनि रहेको महाशाखाको किटजन्य रोग शाखा इडीसीडीले जानकारी दिएको छ ।

इडीसीडीका अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो । ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबै भन्दा बढी सङ्क्रमित सङ्ख्या  काठमाडौं जिल्लाका छन् ।

प्रतिक्रिया