कसरी भयो बंगलादेशमा उथलपुथल ?

एभिन्यूज टिप्पणी:
बंगलादेश अशान्त छ।बंगलादेशकाे राजनीति उथलपुथल भएकाे छ।१५ वर्ष सत्तामा बसेकि शेख हसिना १५ मिनेटमा देश छाेडेर भाग्नुपर्ने अबस्थामा पुगिन।बंगलादेशकाे सरकार चुनाव जितेर बनेकाे बहुमतकाे सरकार थियाे।बंगलादेश स्वतन्त्र राष्ट्र बनेकाे ५३ वर्षकाे अबधीमा दक्षिण एसियाकाे बिकास र उच्च जिडीपी आर्जन गर्ने राष्ट्रमा पर्दछ।बिकास र स्थिर सरकार अनि उच्च आएकाे  तथ्यांक पनि बंगलादेश सरकारकाे लागि फलदायी हुन सकेन।आरक्षण हटाउने सामान्य माग थियाे आन्दाेलनरत विद्यार्थिहरूकाे।त्याे माग पनि सर्वाेच्च अदालतले पूरा गरिदएकाे थियाे।जुन माग राखेर विद्यार्थीहरू सडकमा उत्रेका थिए त्याे आन्दाेलनमा झण्डै तिनसय बंगलादेशी नागरिकले ज्यान गुमाए।दुई महिना अगाडि सुरूभएकाे विद्यार्थी आन्दाेलनले १५ वर्षकाे शेख हसिना राजकाे अन्त्य भएकाे छ।सत्ता र शक्तिकाे लुछाचुडीमा सत्ता हार्न चाहदैनथ्याे।सत्ता शक्तिकाे मियाे राजनिती भएपनि अन्तत सत्ता जाेगाउने र फाल्ने निर्णय सेनाकाे हातमा पुगेपछी शेख हसिनाले सत्ता मात्र गुमाइनन,ज्यान जाेगाउन देशै छाेडेर भाग्नुपर्याे।बंगलादेशकाे उथलपुथल लाई विश्वले नजिक बाट नियाली रहेकाे छ यतिबेला।दक्षिण एसियकाे राजनितीमा उस्तै उस्तै प्रकृतिका घटना क्रमले सत्ता च्युत भएका शासकहरू देश छाेडेर भाग्नु परेकाे दृष्टान्त क्रमस एकपछी अर्काे थपिने क्रममा छ।अफगानिस्तान,श्रीलंका र पाकिस्तान पछी बंगलादेशले याे नियति भाेग्नुपरेकाे हाे।लाेकप्रिय शेख हसिना र देशकाे बिकासमा कायापलट गर्ने बंगलादेश सरकारकाे याे हविगत किन भयाे ?
बंगलादेश घटना सार्क मुलुकहरूका लागि दुखद घटना हाे।याे घटनाले ठुलाे पाठ सिकाएकाे छ।लाेकप्रियता र चुनावी आँकडाले मात्रै सत्ता स्थिर हुँदैन है भन्ने सन्देश हाे बंगलादेश घटना।सत्तामा बस्नेले सत्ताकाे उचाई बाट जनता लाई हेर्ने हाेईन जनताकाे मर्म बुज्न सडकमा उत्रनु पर्छ भन्ने सन्देश पनि हाे बंगलादेश घटना।शेख हसिनाकाे राजमा उनकाे राजनीतिक दल र उनका बिश्वासपात्रहरूकाे ज्यादती जनताले रूचाएनन।तिनै बिश्वास पात्रहरूले दिएकाे रिपाेटमा हसिनाले बिश्वास गरिन।सेनाले शेख हसिना लाई पटक्कै सहयाेग गरेन।उल्टै प्रधानमन्त्रीकाे निवास प्रवेश गर्ने आन्दाेलनकारी हरूका लागि ढाेका खाेलिदियाे।यदि सेनाले चाहेकाे भए प्रधानमन्त्री निवास प्रवेश गर्न खाेज्नेहरू लाई राेक्न सक्थ्याे।जतिबेला आन्दाेलनकारीहरू प्रधानमन्त्री निवास प्रवेश गरेर भित्र ताेडफाेड र लुटपाट गरिरहेका थिए ठिक त्यतिबेला सेना प्रमुख अन्तरिम सरकार बनाउने आव्हान गरिरहेका थिए।यस बाट पनि के स्पष्ट हुन्छ भने बंगलादेशकाे सेना शेख हसिनाकाे पक्षमा थिएन।सेना आफ्नाे पक्षमा नरहेकाे सुईंकाे पाएपछी बल्ल शेख हसिनाले भेउ पाईन कि उनकाे सत्ता अब उनकाे हातमा छैन।त्याे थाहपाएर नै हसिनाले सत्ता बाट राजिनामा गरिन र सुरक्षित ठाउँकाे खाेजिमा लागिन।साेमबारकाे याे घटनाक्रम यति छिटाे छिटाे अगाडि बढ्याे कि अनुमान र विश्लेषण सबै फेल खाए।
बंगलादेशकाे याे राजनीतिक घटना क्रमकाे फरक फरक विश्लेषण भैरहेकाे छ।शेख हसिनाले आन्दाेलनकारी लाई गद्दारकाे संज्ञा दिनु,सेना आन्दाेलनकारीकाे सहयाेगी भैदिनु र बहुमतकाे दम्भमा मलाई कस्ले के गर्न सक्छ र, म त चुनावमा बहुमत ल्याएर सत्ताम पुगेकाे प्रधानमन्त्री हुँ भन्ने शेख हसिनाकाे साेच नै उनका लागि याे हविगतकाे कारण बन्याे।बंगलादेशकाे राजनीतिमा कट्टर पंथी खालिदा जिया शेख हसिनाकाे राजमा प्रतिबन्धीकाे हैसियतमा थिईन।उनै खालिदा जियाकाे प्रतिपक्षी दल सेनाकाे राेजाईमा परेकाे छ।अब सेनाकाे प्रत्यक्ष नेतृत्व र निगरानीमा बन्ने सरकार कस्ताे हुन्छ?याे सरकारलाई विश्वराजनीतिले कसरी हेर्छ ?भन्ने चासाे बढेकाे छ।संगसगै भारतले सेनाकाे नेतृत्वमा बन्ने बंगलादेश सरकार प्रति देखाउने रवैयाले अबकाे दक्षिण एसियाकाे रानीतिक घटनाक्रममा चासाे बढ्ने देखिन्छ।
 

प्रतिक्रिया