अभिनेत्री श्रद्धा कपूरकाे ब्रेकअप, प्रेमी राहुललाई गरिन् सोशल मिडियामा अनफलो
एजेन्सी । भारतीय अभिनेत्री श्रद्धा कपुर र प्रेमी राहुल मोदीको ब्रेकअप भएको छ । श्रद्धाले इन्स्टाग्राममा प्रेमी राहुल मोदीलाई अनफलो गरेकी छिन् । भारतीय सञ्चार माध्यामहरुले श्रद्धाले राहुललाइ अनफलो गरेपछि उनीहरुको ब्रेकअप भएको बताएका छन् । राहुल मात्र होइन, अभिनेत्रीले राहुलकी बहिनीलाई समेत सोशल मिडियामा अनफलो गरेकी छिन् । तर, राहुलले भने उनलाई पछ्याइरहेका छन् ।
विगत केही दिनदेखि राहुल र श्रद्धा प्रेम सम्बन्धमा छन् भनेर भारतीय सञ्चारमाध्यामहरुले उल्लेख गरेका थिए । । दुबै अनन्त अम्बानी र राधिकाको प्रि वेडिङमा पनि सँगै देखिएका थिए ।
राहुल मोदी एक चलचित्र लेखक हुन् । उनले तू झुठी मैं मक्कर, पंचनामा २, सोनू के टीटू की स्वीटी जस्ता चलचित्र लेखक छन् । केही समय अगाडि उनीहरूकाे एक स्रोतले हिन्दुस्तान टाइम्सलाई श्रद्धा र राहुलले चाँडै नै आफ्नो सम्बन्धको आधिकारिक घोषणा गर्ने र आधिकारिक घोषणाका लागि उपयुक्त समय पर्खिएको बताएका थिए ।
श्रद्धाको चलचित्रको कुरा गर्ने हो भने, श्रद्धा छिट्टै चलचित्र ‘स्त्री २’ मा देखिनेछिन् । कमेडी हरर चलत्रिमा उनको साथमा पंकज त्रिपाठी र राजकुमार राव पनि रहनेछन् । यो चलचित्र अगस्ट १५ मा प्रर्दशन हुँदैछ ।
प्रतिक्रिया