युक्रेनले पायो अमेरिकी एफ–१६ लडाकु विमान

एजेन्सी । रुसविरुद्ध लड्नका लागि अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान उपलब्ध गराएका छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनलाई अमेरिकाद्वारा निर्मित एफ–१६ लडाकु विमानहरुको पहिलो खेप प्राप्त भएको जानकारी दिएका हुन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले एफ–१६ लडाकु विमानहरुको पहिलो खेप पठाएकोमा आफ्नो सहयोगी राष्ट्रहरुलाई धन्यवाद दिएका छन् । जेलेन्स्कीले रुसी सेनालाई परास्त गर्न थप लडाकु विमानहरुको आवश्यक रहेको र आगामी महिनाहरुमा आफ्ना सहयोगी राष्ट्रबाट थप ३० एफ–१६ लडाकु विमानहरुको अपेक्षा रहेको समेत बताएका छन् । 

युक्रेनले उक्त विमानको पहिलो खेप प्राप्त गरेसँगै युक्रेनी वायुसेनाका चालक दलले एफ–१६ को उडानको परिक्षण सुरु गरेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । लडाकु विमानहरुको आगमनले युक्रेनलाई रुसी आक्रमणबाट बच्न मद्दत पुर्‍याउने किभले अपेक्षा गरेको छ । 

रुस युक्रेन युद्ध सुरु भएयता लामो समयदेखि युक्रेनले लडाकु विमान माग गर्दै आएको थियो । दुई वर्षभन्दा बढी समयदेखि युक्रेनले सो लडाकु विमानहरुका लागि पश्चिमी राष्ट्रहरुसँग अनुरोध गर्दै आएको थियो । सोही विमान पश्चिमा राष्ट्रले निकै संकोचपछि अन्ततः युक्रेनलाई पठाएको बताइएको छ ।
 

प्रतिक्रिया