आन्दोलनले प्रभावित अधिकांश विद्यार्थीहरू स्वदेश फर्किसकेको ढाकास्थित नेपाली राजदूतावासले जनायो

बगलादेशमा जारी विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका अधिकांश नेपाली विद्यार्थीहरू स्वदेश फर्किसकेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै दूतावासले बंगलादेशमै रहेका करिब ४ सय विद्यार्थीसहित नेपालीहरू सुरक्षित रहेको उल्लेख गरेको हो । विद्यार्थीहरु सबै दूतावाससँगको समन्वयमा रहेको विज्ञप्तिमार्फत जानकारी गराइएको हो ।

विद्यार्थीको आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रर्दशन भइरहेको, बङ्रुगलादेश सरकारबाट हाल अनिश्रुचितकालीन कर्फ्यु आदेशसमेत जारी भएको लगायतका जानकारी गराउँदै दूतावासले नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा समस्यामा परेकालाई सम्पर्क गर्न दुतावासको आग्रह छ ।
 

प्रतिक्रिया