बंगलादेशको घटनाक्रमलाइ मध्यनजर गरी सीमा क्षेत्रमा बढाइयो सतर्कता

बंगलादेशमा चर्किएको आन्दोलन र हिंसालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले कोशी प्रदेशका सीमा क्षेत्रमा सतर्कता बढाएको छ।

सशस्त्र प्रहरी बलले बंगलादेशसँग नजिक पर्ने कोसी र मधेस प्रदेशको विभिन्न सीमा क्षेत्रको सुरक्षामा खटिएको आउट बोर्डर पोष्ट (बीओपी) का लागि थप जनशक्ति परिचानल गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । बंगलादेशको घटनाक्रमले नेपालमा पनि कुनै अवाञ्छनीय घटना नहोस् भनेर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले सतर्कता बढाएको थापाले जनाएका छन् । 

भारतमा पनि बंगलादेशसँग जोडिएको सीमा क्षेत्रमा सीमा सुरक्षा बललाई हाइ अलर्टमा बस्न भारत सरकारले निर्देशन दिएको थियो।

प्रतिक्रिया