शिथिल अर्थतन्त्रलाई गतिशील बनाउनु चुनौतीपुर्ण: अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले धेरै समस्या सम्बोधन गरेको जिकिर

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती भएको बताएका छन । मन्त्री पौडेलले अर्थतन्त्रमा जे जति समस्या देखिएका छन्, ती प्रत्येक समस्यामा प्रवेश गरेर समाधान खोज्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका हुन । उनले निजी क्षेत्रको मनोबल बढाउनु, उत्पादनका निम्ति उत्प्रेरित गर्नु र समग्र अर्थतन्त्रलाई चलायमान बनाउनु यतिबेला महत्वपूर्ण प्राथमिकताको विषय  बताए ।  
मन्त्री पौडेलले मौद्रिक नीतिले अर्थतन्त्रसँग सम्बन्धित मौद्रिक क्षेत्रका समस्या समाधानका निम्ती धेरै हदसम्म भूमिका निर्वाह गरेको दाबी गरे । समग्रतामा निजी क्षेत्रलाई भरोसायोग्य अभिभावकका रुपमा सरकार छ भन्ने सन्देश दिन सरकारले चाहेको उनको भनाइ छ । राणाशासन, पञ्चायत र राजतन्त्र अन्त्य गर्नका लागि सङ्घर्ष गरेको दुई पुराना दलहरु नेपाली कांग्रेस र नेकपा एमाले अहिले सरकारमा रहेकाले निजी क्षेत्रलाई उत्साहित भएर उत्पादनमा, लगानीमा केन्द्रित हुनका निम्ती सरकारले प्रोत्साहित गर्ने समेत अर्थमन्त्री पौडेलले बताए । 
 

प्रतिक्रिया

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ६५ हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ६५ हजार नाघ्यो

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण बढाउँदै

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण ब…

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

टाउकोमा चोट लागेपछि ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

टाउकोमा चोट लागेपछि ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय…

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि  :  उपाध्यक्ष घिमिरे

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि :  उपाध्यक्ष घिमिरे

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा. भट्टराई

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्र…

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि  र आगामी योजना सार्वजनिक

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि र आगामी योजना सार्वजनिक