चलचित्र  ‘माइली’को भद्रकाली मन्दिरमा गरियो शुभसाइत

काठमाडौं । चलचित्र  ‘माइली’को भद्रकाली मन्दिरमा शुभसाइत गरिएको छ । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने उक्त चलचित्रको सोमबार राजधानीको भद्रकाली मन्दिरमा शुभसाइत गरिएको हो । 

बाबु साहेब बलामीको निर्देशन रहेको चलचित्रमा कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । चलचित्रको छायांकन मंगलबारदेखि सुरु हुने निर्माण टिमले जनाएको छ । चलचित्रमा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको अभिनय रहनेछ ।

निर्देशक बलामीले चलचित्रमा महिलाको पीडालाई देखाइने बताए । दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा यसमा देखाइनेछ । 

चलचित्रमा प्रियंका र कमला आमा छोरीको भूमिकामा देखिनेछन् ।  कमलाले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।


 

प्रतिक्रिया