प्रधानमन्त्री ओलीसँग सभापति देउवासहित कांग्रेस सांसदको हवाई सुरक्षाबारे छलफल

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकलाई संसद्बाट अगाडि बढाउनेलगायत समसामयिक विषयमा कुराकानी भएको कांग्रेस सांसद राजेन्द्र बजगाईले बताए । 


युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई सुरक्षाप्रति चासो जनाउदै नियमनकारी निकायलाई विभाजन गर्न सुझावसमेत दिएको छ । छलफलमा कांग्रेस सभापति देउवा, सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा आरजु राणा देउवा, सांसद ईश्वरी न्यौपाने, सञ्जय गौतम, उदयशमशेर राणा, राजन केसी, प्रतिमा गौतम, राजेन्द्र बजगाई, सरिता प्रसाई, रामकृष्ण यादव, पुष्पबहादुर शाही, शान्ति परियार, सीता मिजारलगायत सहभागी  थिए । 

सांसद बजगाईका अनुसार प्राधिकरणलाई दुई वटा निकाय बनाउने विधेयक यसअघि राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेश नभई निष्क्रिय भएको थियो । उक्त विधेयकमा नियामक निकायको जिम्मेवारी र सेवा प्रदायकका रूपमा बेग्लाबेग्लै निकाय बनाउने प्रस्ताव गरिएको थियो ।

रासस

प्रतिक्रिया

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण बढाउँदै

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण ब…

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

टाउकोमा चोट लागेपछि ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

टाउकोमा चोट लागेपछि ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय…

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि  :  उपाध्यक्ष घिमिरे

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि :  उपाध्यक्ष घिमिरे

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा. भट्टराई

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्र…

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि  र आगामी योजना सार्वजनिक

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि र आगामी योजना सार्वजनिक

सरकारले विश्व बैंकबाट १५ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने

सरकारले विश्व बैंकबाट १५ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने