कर्णालीका प्रदेशका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
काडमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।
मुख्यमन्त्री कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि उनले गत वैशाख १३ गते विश्वासको मत लिएका थिए । केन्द्रमा कांग्रेस–एमालेको नयाँ समीकरण बनेपछि कर्णालीमा माओवादीले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि कँडेलले विश्वासको मत लिन लागेका हुन् ।
कर्णाली प्रदेशमा कांग्रेसका १४ र एमालेका १० गरी २४ सांसद रहेका छन् भने माओवादी केन्द्रका १३ तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकएक जना सांसद रहेका छन् ।
प्रतिक्रिया