८ वर्षपछि चलचित्रमा कमव्याक गर्दै राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले लामो समयपछि निर्देशक दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुन लागेको चलचित्रबाट कमव्याक गर्ने भएका छन् । 

राजेशले आइतबार बेलुका सामाजिक सञ्जालमा फेसबुकमार्फत  तस्बिर सर्वजनिक गर्दै  लामो अन्तरालपछि  आफु चलचित्रमा काम गर्न लागेको उल्लेख गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् ,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु ।’  

पछिल्लो पटक चलचित्र ‘सकुन्तला’मा अभिनय गरेपश्चात् राजेशले कुनै पनि  चलचित्रमा  देखिएका थिएनन् ।आगामी भदौ महिनाबाट छायाङ्कनको तयारी गरिएको चलचित्रको नाम केही दिनमा घोषणा गरिने निर्माण पक्षको भनाइ छ ।

प्रतिक्रिया