जोकोभिचले जिते ओलम्पिकको पहिलो स्वर्ण पदक
एजेन्सी । नोभोक जोकोभिचले पेरिस ओलम्पिक २०२४ को टेनिस एकलको स्वर्ण पदक जितेका छन् ।
तीन साता अगाडि विम्बल्डनमा हार बेहोरेका जोकोभिचले कार्लोस अल्कारेजलाई ७–६ ७–६ को सेटमा हराएका हुन् ।। रोलान्ड ग्यारोसमा कार्लोस अल्कारेजलाई पराजित गर्दै उनले स्वर्ण हात पारेका हुन् ।
जितसँगै जोकोभिचले गत विम्बल्डनको फाइनलमा बेहोरेको हारको बदला पनि लिएका छन् । जोकोभिचले ३७ वर्षको उमेरमा स्वर्ण जितेका हुन् । योसँगै उनी ओलम्पिक टेनिस इतिहासमा स्वर्ण जित्ने सबैभन्दा पाको उमेरका खेलाडी पनि भएका छन् ।
चारै ग्रान्डस्लाम प्रतियोगिताका साथै ओलम्पिकको स्वर्ण जित्ने टेनिस खेलाडीको दुर्लभ सूचीमा जोकोभिचले आफ्नो नाम लेखाएका छन् । यसअघि यस्तो सफलता आन्द्र अगासी, राफाल नाडाल, स्टेफी ग्राफ र सेरेना विलियम्सले मात्र पाएका थिए ।
२१ वर्षका अल्कारेज भने ओलम्पिकको पुरुष एकल फाइनल पुग्ने सबैभन्दा कान्छा खेलाडी पनि भएका छन् । उनले विम्बल्डनसँगै पछिल्लो फ्रेन्च ओपन पनि जितेका थिएरु। यसपल्ट भने उनी स्पेनका लागि रजत पदकमै सीमित भएका छन् ।
प्रतिक्रिया