गाजा शहरका दुई विद्यालयमा इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु

एजेन्सी । गाजा शहरका दुई विद्यालयमा इजरायली आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । हसन सलामेह र अल–नासर विद्यालयमा इजरायली आक्रमण भएको हो । आक्रमणमा थुप्रै घाईते भएका छन । मृतक र घाइते हुनेमा अधिकांश महिला तथा बालबालिका छन । 

अन्तर्राष्ट्रिसञ्चार माध्यमका अनुसार  इजरायली सेनाले दुई विद्यालयलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको छ । हमासको अल–फुरकान बटालियनले आतंकवादीलाई लुक्ने र कमाण्ड सेन्टरका रूपमा विद्यालय प्रयोग गरिरहेको सेनाको दाबी छ । यो आक्रमणसँगै गाजामा जुलाई ६ यता हमला हुने विद्यालयको सङ्ख्या कम्तीमा ११ पुगेको छ । विद्यालयमा आक्रमण हुँदा करिब १ सय ५० जना मारिएका छन् । 

हमासले भने इजरायल र हमास लडाकुहरूबीच चलिरहेको युद्धमा घरबाट विस्थापित प्यालेष्टिनीलाई विद्यालयले आवास प्रदान गरिरहेको बताएको छ । इजरायली सेनाले बारम्बार हमासलाई कमाण्ड र कन्ट्रोल सेन्टरका रूपमा वा आफ्ना कमान्डर र लडाकूहरूलाई लुकाउनका लागि नागरिक सुविधा प्रयोग गरेको आरोप लगाउँदै आएको छ । 

प्रतिक्रिया